२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

नेपाल प्रहरीका २५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस, चार जिल्ला रिक्त

ADV
मध्यान्ह
२०८१ माघ १ गते १५:२३
नेपाल प्रहरीका २५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस, चार जिल्ला रिक्त

काठमाडौं :  सरकारले नेपाल प्रहरीका २५ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । 

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरूलाई २९ पुसमा बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो । 

जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रेशम थापा सूचीको पहिलो नम्बरमा छन् ।

त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार उनीहरूलाई सिफारिस गरेको हो ।

यसरी बढुवा भएपद्धि प्रहरी उपरीक्षक प्रमुख रहने चार जिल्ला प्रमुख पद रिक्त भएको छ ।  एसएसपी बढुवा सिफारिसमा बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्का, सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्का, नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला र इलाम प्रहरी प्रमुख एसपी प्रभु ढकाल परेका छन् ।

उनीहरू एसएसपीमा बढुवा सिफारिस भएसँगै ती जिल्लामा नयाँ एसपी पठाउने तयारी प्रहरी प्रधान कार्यालयले गरेको छ ।

ती बाहेक पर्सा, रुपन्देही, बाँके, गोरखा, काभ्रे, कंचनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेतलगायत जिल्लामा प्रमुख रहेका एसपीहरूको १ वर्ष समयावधि पुगेकाले नयाँ पठाउने तयारी प्रहरी प्रधान कार्यालयको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise