२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुने

hardik ivf
मध्यान्ह
२०८१ माघ २ गते १६:५४
पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुने

पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे प्रथम दीक्षान्त समारोह बिहीबार हुने भएको छ । पहिलो दीक्षान्तमा ४३ जना विद्यार्थी दीक्षित हुने छन् ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन÷मास्टर अफ सर्जरी’ (एमडि÷एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।

साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको हो ।

चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise