-शुभराज पोखरेल
विवेक अग्निगोत्रीद्वारा निर्देशि भारत स्वतन्त्र भएपछिका दोस्रो प्रधानमन्त्री लालबाहादुर शास्त्रीको मृत्युको रहस्यबारे बनेको ऐतिहासिक हिन्दी फिल्म ‘द ट्यास्केन्ट’ मा दिन खोजेको सन्देशझै नेपालको राजनीतिक परिदृश्य पनि अन्य कुनै अदृश्य शक्तिद्वारा निर्देशित त छैन ? हिन्दी फिल्म ‘द ट्यास्केन्ट’ मा भनिएजस्तै राज्यलाई अप्ठेरो परेको बेला जनतालाई गुमराहमा राख्दै राजनीति दल सत्ताप्रति वितृष्णा फैलाउने लेख लेख्ने पत्रकार, स्तम्भकार, व्यक्ति व्यक्तिमा फूट ल्याएर राज गर्ने नेता, व्यापारी तथा विदेशीको पक्षका काम गर्ने कर्मचारी र आफ्नो फाइदा र आफू अनुकूल व्यख्या गर्ने बुद्धिजीवीसबै देश र जनताका दुस्मन हुन् ।
चर्चा कहिले र केका लागि ? भारत आफैंले स्वीकारेको सीमा विवादित नेपाली भूमिमाथि लिपुलेक हुँदै मानसरोबर जाने सडक निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । योसँगै फेरि लिपुलेक भारतले मिचेको विषयले केही दिनका लागि मसलाको रुपमा प्राथमिकता पाउने छ । वक्तव्यको प्रतिस्पर्धासँगै राष्ट्रवादी देखाउने मौका भएको छ र फेरि सेलाउने छ ।
भारत र चीनले लिपुलेक भञ्ज्याङलाई सन् २०१५ मे महिनामा व्यापारिक नाका बनाउने गरी सम्झौता गरे । त्रिदेशीय सीमा लिपुलेकलाई बेवास्ता गर्दै नेपाललाई बाइपास गरी दुई पक्षबीच सम्झौता गरी नेपाललाई थप समस्यामा पारेका थिए । त्यसको लामो समयपछि भारतले नयाँ नक्सा सार्वजनिक ग¥यो । सन् १९५२ देखि नै नेपाली भूमि कालापानी अतिक्रमण गरी भारतीय सुरक्षाकर्मी कालापानी प्रवेश भएको तत्थ्यले देखाउँछ । प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको पालामा नेपालमा भारतीय मिलिटरी मिसन भित्रिएको थियो । त्यतिबेला उनले नेपालको उत्तरी सिमानाका १७ वटा ठाउँमा भारतीय सैन्य चेकपोष्ट राख्न अनुमति दिएका थिए । त्यतिबेलादेखि नै भारतले कालापानी क्षेत्र कब्जा गरी एकलौटी प्रयोग गर्दै आएको छ । यसलाई नजनअन्दाज गर्दै आएका हरेक शासक खहरेको बाढी झै आफूलाई चाहिएको बेलामा मात्र बाँसुरी बजाउने गर्छन् ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्साभित्र पारेर सार्वजनिक गरेसँगै नेपालमा यस विषयले केही दिन निक्कै चर्चा पायो । त्यो पनि सामाजिक सञ्जालहरूमा अझ बढी । मिचिएको क्षेत्र फर्काउन राजनीतिक सहमति बन्यो तर यसमा सार्थक वार्ताका लागि अहिलेसम्म ठोस कदम सुरु नै भएको छैन । सशस्त्र प्रहरी बलमार्फत सीमा सुरक्षा चौकी स्थापना गर्ने समाचारहरू बाहिरिए । अझैसम्म व्यवहारमा परिपालन भएको छैन ।
सार्वजनिक सञ्चार माध्यमले विगतमा विभिन्न पटक नेपालको जमिनमा मोटरबाटो बन्दै गरेको फोटो सार्वजनिक गरेका थिए । पुल बन्दै गरेका समाचार पनि आए । नेपाल प्रहरीले अस्थायी पुल भत्काएको समाचार छापियो । यी सबै यथार्थलाई ध्यान दिएर आफ्नो जमिनमा भारतीय हस्तक्षेप रोक्ने कुनै ठोस काम यतिबेलासम्म भएको पाइएन । जब सडक निर्माण सकिएर उद्घाटन भयो । फेरि यसले चर्चा पायो । नेपाल सरकार सडक निर्माणबारे बेखबर भएझै भारत सरकारलाई पत्र लेखेर जानकारी लिँदैछ । हिजोका दिनमा पनि सीमा मिचिएको बारेमा छलफलका लागि पत्राचार गरेकै थियो आज पनि त्यही भएको छ । पुनः भारतले वार्ताका लागी समय दिनेछैन । नेपाल सरकारलाई बेवास्ता गर्दै सुस्ता, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरको नेपाली भूमिमा भारतीय सडक र अन्य भौतिक संरचना बन्ने छन् । दशगजा क्षेत्रमा बाँध बन्नेदेखि सडकको नाममा स्वभाविक पानीको वहाब रोकेर नेपाली भूभाग डुवाइरहेकै छ । राजनीतिक पार्टीहरू मलिन स्वरमा रोइलो गरेझै गरिरहेका छन् ।
जब राज्यमा संकटको घडीमा हुनेछ । नेपालका राजनीतिक पार्टीहरू अन्तरिक अन्तरविरोध उच्च चरण पु¥याउँछन् । नेपाली राजनीतिक पार्टी र तिनका नेता आ–आफ्नो दुनो सोभ्mयाउँदै पार्टी नेतृत्व हत्याउने खेलमा लागि रहनेछन् । सबै प्रतिपक्ष एक भएर सरकार गिराउने खेलमा लाग्ने यो पुरानो चलन हो । यही आन्तरिक कलहको मौकाको खोजीमा रहेको विस्तारवादी भारतले नेपालको सीमा र सार्वभौमिकतामाथि धावा बोलिरहेको छ ।
कोरोना भाइरसले विश्वभर मानव जीवन रक्षाको संकटका साथ स्वास्थ्य, शिक्षा, रोजगार, समग्र आर्थिक पक्षलाई तहन नहस बनाएको छ । समग्र विश्व एक भएर कोरोना भाइरसविरुद्ध लड्नु पर्ने यस घडीमा अमेरिका र युरोप कसरी चीनको बढ्दो शक्ति कम गर्ने र उसको तेजोबोध गर्ने भन्ने खेलमा नांगो भएर लागिरहेका छन् । विश्व आर्थिक र स्वास्थ्यमा जीर्ण बनिरहेको बेला अमेरिका खाडी मुलुक कब्जा गर्ने नयाँ रणनीति अवलम्बन गरिरहेको छ । नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बहुमतको स्थिर सरकार सञ्चालन गरिरहेको यस घडीमा नेपाल पनि कोरोना भाइरसको महामारीले आक्रान्त बनिरहेको छ । यस जटिल परिस्थितिमा सरकार नेतृत्व गरिरहेको नेकपा आन्तरिक विवादकोे चरम उत्कर्षमा छ । नेतृत्व वर्ग कसरी पार्टी सरकारको कब्जा गर्ने होडमा छ ।
कोरोना भाइरसविरुद्ध एक हुनुपर्ने यो समयमा राजनीतिक दल र सरकारको कार्यशैली पनि विश्व राजनीतिक बजारको भन्दा फरक देखिँदैन । सरकारको कार्यशैली सञ्चार जगत्माथि अंकुश लगाउन आँखा बन्द गरेर लागेको आभास भयो । संवैधानिक व्यवस्थामा भएको प्रजातान्त्रिक र सहमतीय मान्यताविरुद्ध संवैधानिक निकायमा प्रतिपक्षको भूमिका समाप्त गर्ने योजनासाथ अध्यादेश नै ल्यायो । आन्तरिक विवादमा फसेकै कारण उक्त अध्यादेश ५ दिनमै फिर्ता गर्न बाध्य भयो । यसरी सरकारका काम केटाकेटीको भाडाकुटी खेलजस्तै छ ।
कोरोना भाइरस संक्रमणबाट जोगाउन लगाएको लकडाउनले दैनिक ज्याला मजदुरी गर्नेको हातमुख जोड्न समस्या भएको छ । प्रारम्भमा ५ किलो चामल बाँडेर राहत दिएजस्तो ग¥यो । लगभग ५० दिन पुग्न लाग्दा ५ किलो चामलले जीवन कसरी गुजारा भयो होला ? ट्रेकिङ्ग तथा हिमाल आरोहण क्षेत्रमा संलग्न मजदुरको २ महिना काम गरेर वर्ष गुजारा चलाउने गर्दछन् । उनीहरूको रोजीरोटी पूर्णरुपमा गुमेको छ । यो वर्ष कसरी जीउने हुन् । होटल तथा रेस्टुरेन्ट व्यवसाय ठप्प छ । ठूला होटल व्यवसायीले १२ प्रतिशतमात्र तबल दिने बताइरहेका छन् । उनीहरू र उनीहरूमा आश्रितको जीवन गुजारा कसरी गर्ने हो ।
सहरहरूमा भारतीय तरकरी निर्वाध आइपुगेको छ । लकडाउनसँगै स्थानीय तरकारी उत्पादक कृषकको उत्पादन बारीमै कुहिएको छ । पशु व्यवसायीलाई दानाको अभाव छ । किसानको दूध बिक्री भएको छैन । यसको असर आउने एक वर्षसम्म जाने निश्चित छ । विश्व बजारमा लाखौं नेपाली श्रमिक प्रभावित भएका छन् । रोजगार गुमेको छ÷गुम्दैछ । सयौं विदेशी भूमिमा संक्रमित भएका छन् । गैरकानुनी रुपमा विदेशी भूमिमा भएका नेपाल फर्कन क्याम्पमा बस्न बाध्य छन् । नेपाल कहिले र कसरी आउने ? त्यसको प्रतीक्षामा छन् । यदि त्यस्ता क्याम्पमा कुनै एकजना मात्रै कोरोना भाइरस संक्रमण भए हजारांै संक्रमित हुने छन् । भारतबाट लखेटिएका वा जीवन जोगाउन हप्तौं हिंडेर नेपाली सीमामा आइपुगेकाको अवस्था अरु दयानीय छ । भारतीय सीमामा १ महिनाभन्दा बढी क्यारेन्टाइन बसेका घर फर्कन सीमामा आइपुगेका आफ्नो देश फर्कन नपाएर खुल्ला आकाशमुनि भोकभोकै दिन गुजार्न विवश छन् । यता राज्य सत्ता सञ्चालनका नेताहरू पद र शक्ति आफ्नो हातमा पार्न लालाहित छन् । जनताप्रति साक्षत्कार गर्नुपर्ने उनीहरूको दुःखमा महलम लगाउने योजनामा मन वचन र कर्मले लाग्नुपर्नेहरू जनताबाट टाढिएर आफ्नो स्वार्थ्सिद्ध गर्ने गाँड कोराकोर गरिरहेका छन् ।
देशमा राजनीतिक परिवर्तनको आन्दोलन उत्कर्षमा पुगेको समय होस् व सीमा अतिक्रमणको अवस्था होस् वा भूकम्पको पीडामा छट्पटाइरहेका जनता हुन् वा अहिलेको कोरोना भाइरस पीडित भोकभोकै बाँच्न विवश जनताको अवस्था किन नहोस् । जब यस्तो परिस्थितिमा देश पुगेको हुन्छ नेपालका राजनीतिक दलका नेताहरू व्यक्तिगत स्वार्थलाई सर्वाेपरि राख्दै जनविरोधी गतिविधिमा लिप्त हुने गरेको इतिहास र वर्तमानले देखाउँछ । हो यही परिवेशलाई भारतीय पक्षबाट उपयोग गर्दै सिमा मिच्नेदेखि नेपालको सार्वभौममाथि अक्रमण गरिनै रहन्छ ।
विवेक अग्निगोत्रीद्वारा निर्देशित भारत स्वतन्त्र भएपछिका दोस्रो प्रधानमन्त्री लालबाहादुर शास्त्रीको मृत्युको रहस्यबारे बनेको ऐतिहासिक हिन्दी फिल्म ‘द ट्यास्केन्ट’ मा दिन खोजेको सन्देशझै नेपालको राजनीतिक परिदृश्य पनि अन्य कुनै अदृश्य शक्तिद्वारा निर्दे्शित त छैन ? हाम्रा यहाँ राजनीतिक पार्टीहरू, नेता, पत्रकार, कर्मचारी, सुरक्षा निकाय त्यही अदृश्य शक्तिका कठपुतली त होइनन् । यहाँ उठ्ने विषय र भइरहेका नीतिगत परिवर्तनमा अन्य बाह्य शक्तिको खेलमा त भइरहेको छ्रैन । यदि त्यस्तो नहुँदो हो त सबै पक्षबाट जनतालाई गुमराहमा राख्नुको साटो जनताका पक्षमा निर्णय हुने थिए । जनताको दैनिकी र उनीहरूको जीवन रक्षामा राज्यको प्राथमिकता हुने थियो ।
संरचनागत विभेद्को अन्त्य भई हरेक क्षेत्रका नागरिकले समान अवसर र समान अधिकार उपभोग गर्न पाउने गरी नीति कार्यक्रम तर्जुमा भई त्यसको कार्यान्वयन हुने थियो । राज्यद्वारा कोही नागरिक विभेदको सिकार हुनुपर्ने थिएन । यस संकटको घडीमा संक्रमित क्षेत्रका मानिसले किस्टको अभावमा परीक्षणबाट वञ्चित हुनुपर्ने थिएन । शिक्षा र स्वास्थ्यमा विभेद् हुने थिएन । हाम्रो सचेत नागरिक तथा नागरिक अगुवाहरू चीनबाट विद्यार्थी फिर्ता नगर्दा सकडमा धर्ना दिन पुग्ने अभिभावक र नागरिक अगुवाहरू अहिले नेपालको सीमामा अलपत्रलाई नेपाल ल्याउन माग गरिरहेका छैनन् । खाडीमा अलपत्र भएका एवं संक्रमितहरूको जीवन रक्षाका लागि आवाज उठाइरहेका छैनन् । बरु केही बुद्धिजीवी भनिरहेका छन्, हिजो भोकै मर्ने डरले आफ्नो गाउँ गएकालाई उपत्यका छिर्न दिनु हुँदैन । सांसदहरू, उच्च ओहदाका कर्मचारीहरू, पहुँचवाला व्यक्तिहरू सजिलै राजधानी भित्रँदा कुनै प्रश्न गर्दैनन् । तर श्रम गरेर जीविका चलाउने कर्मचारी, शिक्षकहरू राजधानी छिर्दा संक्रमण फैलने त्रास फैलाउँछन् । लाग्छ हरेक उच्च पदमा पुगेका मानिसमात्र होइन हरेक व्यक्ति र समुदाय अरु कसैको आवाज बोल्दैछ, अरुको इसारामा चलिरहेको छ ।
जनताको बीचमा दरार ल्याउन र पार्टीलाई फुटाउन लेख लेख्ने पत्रकार÷स्तम्भकार जनतालाई गुमराहमा राख्न र व्यक्ति व्यक्तिमा फूट ल्याएर राज गर्ने नेता, व्यापारी तथा विदेशीको पक्षका काम गर्ने कर्मचारी र आफ्नो फाइदा र आफू अनुकूल व्यख्या गर्ने हरेक बुद्धिजीवी यी सबै देश र जनताका दुस्मन हुन्, हिन्दी प्mिल्म ‘द ट्यास्केन्ट’ ले यसलई स्पष्ट व्याख्या गरेको छ । लाग्छ नेपालका हरेक निकाय तथा व्यक्तिहरू पनि यसैगरी जनता बीचमा फाटो ल्याई आफू राज गर्ने सिद्धान्तलाई त अंगीकार गरिरहेका छैनन् ।
अन्तमा, यस संक्रमणबाट राष्ट्रलाई जोगाउनु हो । आवश्यक परेमा संविधान संशोधन गरी राज्यको नीति र कार्यक्रममा पुनर्संरचना गरी हरेक नेपालीको जीवनको रक्षा, बाँच्न पाउने अधिकारको संरक्षण, नयाँ रोजगार सिर्जना गरी जनजीविकाको सुनिश्चितता र राज्यका पर्यटन व्यवसाय तथा उद्योगको संरक्षण तथा मझौला तथा साना उद्यागलाई जोगाई राख्ने नीतिका साथ कृषि र साना उद्योगमार्फत देशको आत्मनिर्भरतामा लैजानु अहिलेको लागि सबैको दायित्व र जिम्मेवारी हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies