२०८१ माघ ५ गते शनिवार / Jan 18 , 2025 , Saturday
२०८१ माघ ५ गते शनिवार
Ads

महानगरले सुरु गर्‍यो गाडीको प्रदूषण जाँच

hardik ivf
मध्यान्ह
२०८१ माघ ४ गते १६:३६
महानगरले सुरु गर्‍यो गाडीको प्रदूषण जाँच

काठमाडौं  ः काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच सुरु गरेको छ । महानगरका मेयर बालेन साहले महानगरले सवारी साधनहरूको प्रदूषण जाँच गरी रहेको जानकारी दिएका हुन् ।

शुक्रबार मेयर साहले सामाजिक सञ्जालमा ‘के तपाईँको सवारी साधनको अवस्था ठिक छ’ प्रश्न गर्दै प्रदूषणको मात्रा धेरै छ र  अवस्था ठिक छैन भने त्यस्ता गाडीलाई मर्मत र सरसफाइ गराउन आग्रह गरेका छन् । ट्राफिक प्रहरीको सहकार्यका सवारी साधनहरूको प्रदूषण जाँच भइरहेको उनले जनाएका हुन् ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजेल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।

जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise