२०८१ माघ ७ गते सोमवार / Jan 20 , 2025 , Monday
२०८१ माघ ७ गते सोमवार
Ads

तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

hardik ivf
मध्यान्ह
२०८१ माघ ७ गते १५:३५
तत्कालीन गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराका तत्कालीन गाउँ विकास समिति सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध ३८ लाख ३० हजार ५०० भ्रष्टाचार गरेको अभियोगमा सोमवार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक आदर्श गाविस भवानीपुर जीतपुर हाल (जीतपुरसिमरा उपमहानगरपालिका) बाराका तत्कालीन सचिव अन्सारीले गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाइ बरबुझारथ समेत नगरेको र २२१ जना उपभोक्ताहरूबाट लिएको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ खातामा जम्मा नगरेको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार धरौटी वापत विभिन्न २१२ जनासँग लिएको रकमको विवरणसहितका कागजात तथा अन्य सरकारी सार्वजनिक निकायको कागजात लुकाएको र नोक्सान गरेको पुष्टि भएको हुँदा अन्सारीलाई भ्रष्टाचार ऐन,२०५९ को दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजायसमेतको माग दावी  गर्दै अभियोग पत्र दायर गरेको हो ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise