२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

ऐन महरविरुद्ध पक्राउ पुर्जी

hardik ivf
मध्यान्ह
२०८१ माघ ९ गते २२:३४
ऐन महरविरुद्ध पक्राउ पुर्जी

काठमाडौं : जबरजस्ती करणी आरोप लागेका नेकपा एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका महरविरुद्ध उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको हो । पीडित भनिएकी महिला रश्मिलाकुमारी धामीले मुद्दामा मुद्दा दायर गरेकी थिइन् । 

उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महरविरुद्ध पक्राउ गर्नका लागि पुर्जीसहितको परमादेश जारी गरेको हो । 

पूर्वअखिलका अध्यक्ष समेत रहेका महरविरुद्ध जबरजस्ती करणीको जाहेरी प्रहरी र सरकारी वकिलले दर्ता गर्न नमानेपछि पीडित अदालत पुगेकी थिइन् । उनको पक्षमा बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बुधबार बहस गरेका थिए ।

आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिइ निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट, प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन् ।सुनुवाइ नभएपछि उनी माइतीघर मण्डलामा समेत धर्ना बसेकी थिइन् । धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise