२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

आगलागी भएको ठाउँमा दमकल नगएको भन्दै चन्दननाथ नगरपालिकामा तोडफोड

ADV
दिलमाया शाही
२०८१ असार १३ गते १२:४५
आगलागी भएको ठाउँमा दमकल नगएको भन्दै चन्दननाथ नगरपालिकामा तोडफोड

जुम्ला ः आगलागी भएको ठाउँमा दमकल नगएको भन्दै चन्दननाथ नगरपालिकाको कार्यालयमा तोडफोड गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका-६ मा रहेको ग्यारेजमा बुधबार राति साढे नौ बजेतिर आग्लागी भएको थियो ।

चन्दननाथ नगरपालिका-६ कै पदमा आचार्य अधिकारीको ग्यारेजमा अचानक आगलागी भएपछि स्थानीयले आगलागी नियन्त्रणका लागि चन्दननाथ नथगरपालिकाको दमकललाई खबर गरेका थिए । तर नगरपालिकामा रहेको दमाकल बिग्रेको अवस्थामा रहेकाले त्यहाँ जान सकेन । आगो निभाउन दमकल नआएपछि आक्रोशित बनेका छिना र महतगाउँका स्थानीयले नगरपालिकाका सिसा, दमकल र डोजरमा तोडफोड गरेका हुन् ।

प्रहरीका अनुसार पुरानो बस्पार्क नजिकै रहेको जस्तापाताले बनाइएको ग्यारेजमा आग्लागी भएको हो । क्षतिको एकिन विवरण आउन बाँकी छ । नगरपालिकामा तोडफोड गर्ने दुई जनालाई प्रहरीले नियन्त्रमा लिएको छ भने अन्यको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले नगरपालिकाको दमकल बिग्रिएका कारण आगलागी नियन्त्रणमा नगएको बताइन् । उनले यसको सामान यहाँ नपाइने भएकाले भारतबाट मगाइएको जानकारी दिइन् । उनले नगरपालिकामा रहेका दामकल, डोजरलगायतका समग्री तोडफोड गर्ने समूहविरुद्ध पालिका कानूनी उपचारमा जाने बताइन् । उनले आफ्नो व्यक्तिगत घरमासमेत ढुंगा  प्रहार गरी झायालको सिसा फुटाइएको बताइन् ।

जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले आफूले बिहानमात्र उक्त घटनाबारे जानकारी पाएको बताए । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले प्रहरी आगलागी भएको ठाउँमा गएको मौका छोपेर केही युवाहरुको समूहले नगरपालिकामा तोडफोड गरेको बताए । उनले तोडफोड गर्ने कार्यमा संलग्न सबैलाई कारबाही हुने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise