जुम्ला : जुम्लामा लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ । प्रहरी नायव उपरीक्षक क्षेदिलाल कामतिको संयोजकत्वमा २१ सदस्यीय सञ्जाल गठन गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा आयोजना, चन्दननाथ नगरपालिका र सोसेक नेपालको सहयोगमा यो सञ्जाल गठन गरेको हो ।
सञ्जालको सदस्यमा जिल्ला प्रहरी कार्यालय संयोजक र प्रहरी महिला तथा बा(लबालिकाको महिला, बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्र, पदस्य सचिव रहने व्यवस्था छ । जिल्ला प्रशासन, पत्रकार महासंघ, नागरिक समाज, उद्योग वाणिज्य संघ, बाल क्लब, यस क्षेत्रमा काम गर्ने क्रियाशिल गैरसरकारी संस्था मध्येबाट एक जनासहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लैंगिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८ अनुसार गठन गरिएको छ ।
त्यस्तै उक्त सञ्जालको प्रमुख जिल्ला अधिकारी सल्लाहकार हुने व्यवस्था रहेको छ । यसैगरी संघीय सरकार, प्रदेश सरकारका प्रतिनिधि, जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रहेको स्थानको नगरपालिका वा गाउँपालिकाका मेयर तथा अध्यक्षलाई आमन्त्रण गरिनेछ ।
त्यस्तै लैंगिक हिंसाको सवालको विषयमा प्रस्तुत समेत गरिएको छ । प्रहरी नायव उपरीक्षक कामतिले लैंगिक हिंसाको परिभाषा, कारण, प्रकारको विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले जुम्लामा घरेलु हिंसाका घटनाहरुको विषयमा जानकारी समेत गराउँदै आठ वटै तहमा समेत प्रहरीको संयोजकत्वमा यो सञ्जाल गठन भएको बताए । उनले कुनैपनि कमजोर वर्गलाई लिंगका आधारमा गरिने हिंसा अत्य गर्न आवश्यक रहेको बताए ।
त्यस्तै चन्दननाथ नगरपालिका ६ वडाध्यक्ष रबि थापाले कानुनी प्रवधानका बारेमा वडास्तरमा सचेतना दिन आवश्यक रहेको बताए । लैंगिक हिंसाका घटनाहरू तत्काल सम्बोधन गर्न कार्ययोजना बनाइ प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले हिंसारहित समाज बनाउनका लागि सबै निकाय जिम्मेवार हुनु जरुरी रहेको बताए । यो सञ्जालको लैंगिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा प्रदान गर्ने एवम् जनचेतनामूलक कार्य गर्ने र सम्बन्धित निकाय, गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने सञ्जालको उद्देश्य रहेको छ । यसअघि वडादेखि पालिका हुँदै नगरस्तरीय सञ्जाल गठन भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।