२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

सुर्खेतमा निर्माणाधीन पुलबाट खसेर दुई कामदार भेरी नदीमा बेपत्ता

hardik ivf
कुलेन्द्र शाही
२०८१ माघ २३ गते १५:५३
सुर्खेतमा निर्माणाधीन पुलबाट खसेर दुई कामदार भेरी नदीमा बेपत्ता

सर्खेत : सुर्खेतमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका छन् । बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर रहेका छन् । उनीहरु बराहताल गाउँपालिका–४ को कुटादेखि चाम्री जोड्ने भेरी नदी माथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए । 

प्रहरी चौकी बड्चिौरका प्रहरी सहायक नीरिक्षक दिलिप बस्नेतका अनुसार उनीहरु बुधबार बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेका थिए । बस्नेतका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरुको खोजि कार्य भइरहेको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise