२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा

hardik ivf
मध्यान्ह
२०८१ माघ २३ गते १८:३५
प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यामिक शिक्षा परिषद्‍बाट जारी भएको +२ तहको लब्धाङ्क पत्र नक्कली पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ ।
 

ADVenergy

सम्बन्धित खबर

Advertise