२०८२ जेठ १ गते बिहिवार / May 15 , 2025 , Thursday
२०८२ जेठ १ गते बिहिवार
Ads

मूर्ति सेलाउन गएका युवकको नदीमा डुबेर मृत्यु

सत्येन्द्र प्रताप सिंह
२०८१ माघ २३ गते २१:०४
मूर्ति सेलाउन गएका युवकको नदीमा डुबेर मृत्यु

रौतहट : रौतहटको राजदेवी नगरपालिकामा मूर्ति सेलाउने क्रममा एक युवकको बागमती नदीमा डुबेर मृत्यु भएको छ । राजदेवी वडा नं ७ मुडवालवाका २२ वर्षीय सुरज यादवको नदीमा डुबेर मृत भएको प्रहरीले जनाएको छ ।

राजदेवी नपा वडा नं ६ बागमती नदीमा मंगलबार साँझ सरस्वती माताको मूर्ति सेलाउने क्रममा यादव नदीमा डुबेको थिए । राति अबेरसम्म सुरक्षाकर्मी र स्थानीयहरूले खोजतलास गरेपनि भेटिएका थिएनन् ।

तर बुधबार बिहानैदेखि पुनःस्थानीय र सुरक्षाकर्मीको सामूहिक खोजतलास पश्चात् पानीभित्र उनी जालमा अड्किएको अवस्थामा भेटिएका थिए । 

ADV

सम्बन्धित खबर