काठमाडौं : मनसुन थप सक्रिय भएसँगै लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज बिहान आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
वर्षाको मात्रा बढिरहकाले आगामी एक हप्तासम्म बाढी तथा पहिरोको उच्च जोखिम औंल्याइएको छ । आगामी २४ घण्टासम्म प्रदेश १ र २ को तराईका सबै जिल्ला, बाग्मतीको मध्य पहाडी भेगमा उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशमा पनि बाढी तथा पहिरोको जोखिम देखिएको छ ।
यस्तै यस अवधिमा प्रदेश ५ का तराईका सबै जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी र यसका सहायक मस्र्याङ्दी, कालीगण्डकीलगायत नदीमा बाढीको बहाव सतर्कता तहमा पुगेको छ । चितवनको रिउ खोला क्षेत्रमा भारी वर्षा भइरहेकाले बाढीको जोखिम देखिएको छ ।
नवलपरासीका सबै साना नदीमा बहाव उच्च भएको छ । दाङ, बाँके, बर्दिया कैलाली, कञ्चनपुरका नदी खोलामा पनि बाढीको बहाव उच्च रहेको छ । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा यस अवधिमा बाढीको उच्च जोखिम देखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies