२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

नेपाल समाजवादीको प्रथम महाधिवेशन आजदेखि 

Nada
२०८१ माघ २७ गते ११:३०
Shares
नेपाल समाजवादीको प्रथम महाधिवेशन आजदेखि 

काठमाडौंः नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन आजदेखि सुरु हुँदै  छ । आज आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशन सुरु हुन लागेको हो ।

राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई महाधिवेशनले प्राथमिकता दिने छ ।

महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने बताइएको छ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ ।
 

laxmi recruitement

सम्बन्धित खबर