२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

छोटी भन्सार नाका खोल्न माग गर्दै आमरण अनसन

hardik ivf
प्रेमचन्द्र झा
२०८१ फागुन ७ गते २२:४१
छोटी भन्सार नाका खोल्न माग गर्दै आमरण अनसन

रौतहट : परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापमा छोटी भन्सार नाका खोल्न माग गर्दै बुधबार देखि स्थानीयले आमरण अनसन सुरु गरेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र भन्दा ५० मिटर नेपाली सीमा क्षेत्रमा पाल टाँगेर गरेर तीन जना स्थानीय नागरिकले बुधबार विहान १० बजेदेखि आमरण अनसन सुरु गरेका हुन् ।

सीमानाकाबाट चारपांग्रे सवारीसाधन ओहरदोहर गर्नुपर्ने र छोटी भन्सार कार्यालय स्थापना हुनुपर्ने माग राख्दै स्थानीय साहेब साह, जगतलाल यादव र मोहम्मद तजमुल हक आमरण अनसन बसेका छन् । आमरण अनसनमा बसेका तीनै जनालाई स्थानीय सयौँ बासिन्दाहरूले समर्थन तथा साथ दिएका छन् । विगतका रौतहटमा दुई वटा मात्रै नाका थिए, एउटा गौर र अर्को रामपुर खाप । ती भन्सार कार्यालयलाई लमतरी सारेर भारतर्फ जाने बाटोमा चारपाँग्रे सवारीसाधनलाई पूर्णरूपमा रोक लगाउँदा बाध्य भएर कठोर कदम उठाउनु परेको आमरण अनसनमा बसेका जगतलाल यादवले बताए ।

नेपाल भारतबीच सदियौँदेखि कायम रहँदै आएको बेटी रोटीको सम्बन्धलाई प्रभावित पार्ने कार्य कसैबाट सह्य नहुने चेतावनी आमरण अनसनमा बसेकाहरूले दिएका छन् । स्थानीय प्रशासनले जनताको मागलाई न्यायोचित रूपमा सम्बोधन नगरी सो क्षेत्रका जनतालाई अनाहकमा दुःख दिएको उनीहरूको आरोप छ ।

भारतसँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका वडा नम्वर १, २ र ४ तथा परोहा नगरपालिकाको वडा नम्वर ९ सहितका सीमानाकाहरूबाट निर्वाध रूपमा गईरहेका चार पांग्रे सवारीसाधनलाई आवत–जावतमा रोक लगाएपछि सो क्षेत्रका भेगका बासिन्दाहरू गौर भएर भारत जानुपर्ने बाध्यता बनेको छ ।

सो समस्यालाई समाधान गर्न गत पुस ७ गते प्रमुख जिल्ला अधिकारी र भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएको तर, सुनुवाई नभएपछि आमरण अनुसन सुरु गरिएको उनीहरूले बताए । आमरण अनसनलाई नेपाली काँग्रेसकी नेतृ अन्जु झा, जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशेद, नेकपा एसका नेता शेख अब्दुल्लाह लगायतका नेताहरूले एक्यबद्धता प्रकट गर्दै आमरण अनसनमा समर्थनका लागि सहभागी भएका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise