२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

जनयुद्धमा छोराछोरी गुमाएका बुबाआमासँग प्रचण्डको भेट

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते १६:४४
जनयुद्धमा छोराछोरी गुमाएका बुबाआमासँग प्रचण्डको भेट


गोरखा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् ।

गोरखा नगरपालिका–१४ गोप्लिङमा ३ छोराछोरी गुमाएका सहिदहरूका बुवा नरबहादुर नहर्की र आमा लक्ष्मी नहर्कीसहित परिवारसँग भेट गरेका हुन् ।

उनीहरूको छोरा गुप्तबहादुर नहर्की ‘ज्वाला’ १३ पुस २०५५मा गोरखाको केराबारीमा, छोरीहरू सरस्वती नहर्की ‘बिपना’ ८ वैशाख २०५६ मा गोरखाको बाक्राङ र कल्पना नहर्की ‘नमूनाले २३ असार २०५८ मा लमजुङ बिचौरमा ज्यान गुमाएको थिए ।

त्यस अवसरमा अभ्यक्ष दाहालले शहीदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताए ।

शहीदहरू देशका साझा सम्पत्ति भएकालेसहिदको सम्मान गर्नु राज्यको दायित्व भएको उनले बताए ।

उनले भने, ‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरू भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन जनयुद्ध हो । यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’

शहीदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै उनले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिए ।

पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरूपमा अघि बढेको उनले बताए ।

सरकारको काममा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा बढी ध्यान नदिन नसकेको उल्लेख गर्दै सरकारबाट बाहिरिएपछि त्यसलाई बढाइएको र अब निरन्तर आफ्ना मतदातासँगको भेटघाटमा आइरहने अध्यक्ष दाहालले बताए ।

आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिंदै उनले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गरे ।

ADV

सम्बन्धित खबर

Advertise