२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

सरकारले तानाशाही व्यवस्था लागू गर्न खोज्यो : माधव नेपाल

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १३:५३
सरकारले तानाशाही व्यवस्था लागू गर्न खोज्यो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका हुन् ।

सरकारले साना दलहरुलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरुलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको उनको भनाइ थियो । सरकारमा भएकाहरू आलोचकहरूको घाँटी निमोठ्न अग्रसर भइरहेको नेपालको आरोप छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान मिच्न बानी परेका व्यक्तिहरु कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएको टिप्पणी गरे । संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम भइरहेको पनि उनले बताए ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गरे । नेपालले एकीकृत समाजवादी पार्टीलाई नै बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise