२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

सरकार अध्यादेशको पासोमा फस्यो : माओवादी

hardik ivf
मध्यान्ह
२०८१ फागुन ९ गते १७:११
सरकार अध्यादेशको पासोमा फस्यो : माओवादी

काठमाडौं : माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार अध्यादेशको पासोमा परिसकेको टिप्पणी गरेका छन् । 

केन्द्रीय समितिले गरेको निर्णयका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्त सापाकोटाले सरकार अध्यादेशको पासोमा परेकै कारण २१ दिनसम्म संसद्को काम हातमा लाग्यो शून्यको अवस्थामा रहेको टिप्पणी गरे । ‘सरकार अध्यादेशको पासोमा परेकै कारण अहिले संसद आरोप–प्रत्यारोपको थलो बनेको छ’, उनले भने ।

‘अहिले एक प्रकारले भन्ने हो भने सरकार अध्यादेशको पासोमा परेको छ । २१ दिन भइसक्यो सदनको काम भनेको हातमा लाग्यो शून्य । सबैभन्दा महत्वपूर्ण संस्था भनेको सदन हो । त्यो आज प्रतिक्रियात्मक बन्न पुगेको छ । त्यो फगत आरोप–प्रत्यारोपको थलो बनेको छ’, उनले भने ।

सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने नभएर नियन्त्रण गर्ने हिसाबले विधेयक ल्याएको उनले दाबी गरे अहिले सरकार लज्जाजनक स्थितिमा पुगेको उनको बुझाइ छ ।

साथै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले भ्रष्टाचारको विरुद्धमा धेरै ठूलो पहल कदमी लिएको उनले दाबी गरे । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले कानुनभन्दा माथि कोही हुन सक्दैन भन्ने शक्तिशाली सन्देश दिएको बथाउँदै उनले वर्तमान सरकार भ्रष्टाचारी, विचौंलिया र माफियाहरूको संरक्षक भएको आरोप उनले लगाए ।

दुई तिहाइको कुरा गर्ने सरकार अहिले अध्यादेशको बाटोमा गइरहेको र सरकार निरङ्कुश र अधिनायकवादतिर उन्मुख भइरहेको उनको भनाइ छ । ‘सरकार दुई तिहाइको कुरा गर्छ । तर, अध्यादेशबाट शासन चलाउन खोज्छ । दुई तिहाइ छ भनेपछि त राम्रोसँग छलफल गरेर विधेयकहरू पास गरे हुन्छ नि । तर, अध्यादेशको बाटोबाट जान खोजिरहेको छ!, उनले भने ‘पहिलो र दोस्रो ठूलो पार्टी मिलेर सरकार बन्ने भनेको संसदीय व्यवस्थामा स्वभाविक छैन । यो विस्तारै अधिनायकवादतिर जान्छ, निरङ्कुश हुन्छ भन्ने कुरा हिजो जे अनुमान गरिएको थियो, अहिले सरकारका सबै क्रियाकलापले त्यो पुष्टि गरिरहेको छ ।’
 

ADV

सम्बन्धित खबर

Advertise