२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

गुटबन्दी तीव्र पार्दै सिटौला

hardik ivf
अस्मिता बम
२०८१ फागुन ११ गते ०६:२५
गुटबन्दी तीव्र पार्दै सिटौला

काठमाडौं : नेपाली कांग्रेसमा छुट्टै समूह चलाउँदै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू निकट नेताहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सघाएका नेता सिटौलाले शनिबार काठमाडौंको चण्डोलस्थित निवासमा आफू निकट नेताहरूको भेला बोलाएका हुन् । 

भेलामा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बाग्मती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान सहभागी थिए ।

यस्तै, पार्टीका बाग्मती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन पनि उक्त भेलामा उपस्थित थिए । 

भेलाले पार्टीको संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । नेता सिटौला सभापति देउवालाई सघाउँदै आएका ११ जना नेताहरूका साथ २ फागुनमा बूढानीलकण्ठ पुगेका थिए । 

पछिल्लो समय कांग्रेस महाधिवेशनको विषयलाई लिएर नेताहरूले दौडधुपलाई तीव्र बनाएका छन् । यद्यपि, सभापति शेरबहादुर देउवा र उनी निकटका नेताहरूले १५औं महाधिवेशन आमनिर्वाचनपछि सार्ने विषयमा छलफल चलाएका छन् ।  आगामी महाधिवेशनमा देउवाको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धामा रहेका नेतामध्येका सिटौला पनि एक हुन् । 

ADV

सम्बन्धित खबर

Advertise