२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थप

shivam cement
२०८१ फागुन १२ गते १८:२२
Shares
कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थप

काठमाडौंः नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनयन गरिएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टी केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको विभागमा आज दश सदस्य मनोनयन गरेका हुन् ।

मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके, विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) रहेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।      

ताजा खबर

सम्बन्धित खबर