२०८१ फागुन १३ गते मङ्गलवार / Feb 25 , 2025 , Tuesday
२०८१ फागुन १३ गते मङ्गलवार
Ads

प्रचण्ड आउने भएपछि विद्यालय बन्द

hardik ivf
मध्यान्ह
२०८१ फागुन १२ गते २०:४५
प्रचण्ड आउने भएपछि विद्यालय बन्द

विराटनगर : जनतासँग माओवादी तराई–मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि  विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ ।

माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवलबाट सुरु गरेको अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय मंगलबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदुषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् । उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत जनसभा हुने उल्लेख छ ।

जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ । जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदुषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ भन्दै दबाब दिइएको हो ।

अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्गिलस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो ।

ADV

सम्बन्धित खबर

Advertise