२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

प्रचण्ड आउने भएपछि विद्यालय बन्द

Nada
२०८१ फागुन १२ गते २०:४५
Shares
प्रचण्ड आउने भएपछि विद्यालय बन्द

विराटनगर : जनतासँग माओवादी तराई–मधेश जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि  विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ ।

ncell

माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवलबाट सुरु गरेको अभियानका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा रहेका विद्यालय मंगलबार हुने भनिएको जागरण सभामा ध्वनि प्रदुषण हुने भन्दै विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।

माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गा बहादुर कार्कीले कार्यक्रमस्थल वरिपरिका विद्यालयलाई पत्र नै पठाएर विद्यालय बन्द गर्न दबाब दिएका हुन् । उनले विद्यालयलाई लेखेको पत्रमा कानेपोखरी–६ रमाइलोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितिमा वृहत जनसभा हुने उल्लेख छ ।

जनसभाका कारण सवारी साधन अत्याधिक भई यातायातमा समस्या आउने, उच्च ध्वनि भएका ध्वनियन्त्र प्रयोग हुने उल्लेख छ । जसका कारण विद्यार्थीहरूलाई ध्वनि प्रदुषणको समस्या हुने भन्दै ‘एक दिन विद्यालय बिदा गरी कार्यक्रमलाई आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध गर्दैछौँ’ भन्दै दबाब दिइएको हो ।

अध्यक्ष कार्कीले रमाइलो बजारस्थित रमाइलो बालजगत इङ्गिलस बोर्डिङ स्कुल, पल एकेडेमी र माउन्ट हर्मोन एकेडेमीलाई पत्र पठाएर विद्यालय बन्द गर्न भनेको हो ।

सम्बन्धित खबर