२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

स्थानीय सेवा ऐन २०८१ संशोधन गर्न प्रदेश सभा सदस्यको ध्यानाकर्षण 

shivam cement
२०८१ फागुन १३ गते १३:२०
Shares
स्थानीय सेवा ऐन २०८१ संशोधन गर्न प्रदेश सभा सदस्यको ध्यानाकर्षण 

जनकपुरः मधेश प्रदेश सरकारद्वारा ल्याइएको स्थानीय सेवा ऐन २०८१ तथा सेवा गठन विधेयकमा त्रुटी भएको भन्दै त्यसको संशोधनको माग उठाइएको छ ।

सिअहेब (सिनियर) अनमी पाँचौं तहका कर्मचारीहरूको वृद्धि तथा विकासमा असर परेको भन्दै धनुषा सी. अहेब सी. अनमी संघर्ष समितिले प्रदेश सभा सदस्य माननीय संजय महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघर्ष समितिका प्रदेश सहसंयोजक रुबी यादव, प्रदेश कोषाध्यक्ष रामदेव कापर, प्रदेश सदस्य संजिव यादव धनुषा जिल्ला संयोजक नागेश्वर कुमर, सदस्य नन्द ठाकुर, र सदस्य सोभित यादवलगायतको टोलीले माननीय महतोको निजी निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै माननीय महतोले सो विषयमा गम्भीर ध्यान दिने प्रतिबद्धता जनाउँदै ऐन संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।  ऐनमा संशोधनको आवश्यकता रहेको आफूले पनि महसुस गरेको सुनाउँदै, उनले प्रदेश समाको बैठकमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
 

ताजा खबर

सम्बन्धित खबर