२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष ‘प्रचण्ड’को विश्वास

Nada
२०८१ फागुन १४ गते १०:५८
Shares
जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष ‘प्रचण्ड’को विश्वास

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् । 

ncell

प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गरे । 

अध्यक्ष दाहालले भने, “आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।” अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा (माओवादी केन्द्र) हो भने । 

अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताए ।

ताजा खबर

सम्बन्धित खबर