२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

देश विकास गर्ने पार्टी एमाले मात्रै : मुख्यमन्त्री कँडेल

Nada
२०८१ फागुन १४ गते १५:४९
Shares
देश विकास गर्ने पार्टी एमाले मात्रै : मुख्यमन्त्री कँडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले मात्रै देशको विकास गर्ने पार्टी भएको बताएका छन् । बुधबार सुर्खेत लेकवेशी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेले अवसर पाउँदा र सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको मुख्यमन्त्री कँडेलले बताए ।

ncell

'एमाले जनताले विश्वास गरेको पार्टी हो, त्यसकारण चुनाव जित्न अहिलेकै संख्याले पुगे पनि देश बनाउन अरु आवश्यक हुन्छ,' मुख्यमन्त्री कँडेलले भने, 'त्यसैले जनतालाई बुझाउन पार्टीले जरा अभियान चलाएको हो ।'

एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै हुने र चुनावको बाकसमा कम मत आएको हुनाले आफ्नो सदस्यता आफैं नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

ताजा खबर

सम्बन्धित खबर