२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

ADV
जानकी पाठक
२०८१ असार १६ गते १३:४०
लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौँ :  लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान छन् ।

२०८० चैत १ गते ३ करोड ठगीको आरोपसहित उनीहरूविरुद्ध ललितपुर प्रहरी परिसरमा मुद्दा दर्ता भई अनुसन्धान शुरु भएको थियो । मुद्दा दर्ता भएदेखि नै फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अनुसन्धान बिभागबाट खटिएको प्रहरी टोलीले २०८२ असार १४ गते काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । 

उनीहरूले सर्वसाधारणलाई आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

बचतकर्ताको ६ अर्ब ३० करोड रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका अध्यक्ष श्रेष्ठसहित ४ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेका  चारै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise