२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

भूमि अध्यादेशको विषयमा जसपाले अन्तरक्रिया गर्ने

Nada
२०८१ फागुन १५ गते १६:०६
Shares
भूमि अध्यादेशको विषयमा जसपाले अन्तरक्रिया गर्ने

काठमाडौं : सरकारले संसद्मा प्रस्तुत गरेको भूमि अध्यादेशबारे जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

ncell

जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि अन्तरक्रिया गर्न लागेको हो ।

जसपा नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौंमा शुक्रबार हुने उक्त अन्तरक्रियामा नेकाि (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितलाई बोलाइएको छ ।

विज्ञ वक्ताको रूपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको छ ।

सरकारले ल्याउन लागेको ६ वटा अध्यादेश मध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको भन्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै औपचारिक निर्णय गरिसकेको छ ।

भूमि अध्यादेश पारित भए देशभरीकै सार्वजनिक जग्गाको चरम दुरुपयोेग हुने भन्दै जसपा नेपालको अडानले गर्दा ती अध्यादेशहरू अहिले संसदमा अलपत्र परेका छन् ।
 

ताजा खबर

सम्बन्धित खबर