२०८३ कार्तिक १८ गते बुधवार / Nov 04 , 2026 , Wednesday
२०८३ कार्तिक १८ गते बुधवार

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

Nada
२०८१ फागुन १६ गते १२:३०
Shares
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक आज अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको हो ।

संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लाने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरूको अधिवेशन समेत छ । कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिइसकेको छ ।

यस्तै, संसदमा अलपत्र अवस्थामा रहेको विभिन्न अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने बताइएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर