२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

२५ बढी विद्यार्थी बेहोस

hardik ivf
मध्यान्ह
२०८१ फागुन १९ गते १५:१३
२५ बढी विद्यार्थी बेहोस

वीरगंज : पर्साको कालिकामाई गाउँपालिका–४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका  २५ भन्दा बढी विद्यार्थीहरू अचानक बेहोस भएका छन् । 

सोमबार बिहान विद्यालयको प्रार्थना सकिएपछि कक्षाकोठामा पठनपाठन सुरु भएलगत्तै विद्यार्थीहरू अचानक बेहोस भएका थिए । कक्षा ६ देखि १० सम्मका २५ भन्दा बढी विद्यार्थी अचानक बेहोस भएको गाउँपालिका अध्यक्ष बशीष्ट प्रसाद कलवारले बताए ।

कक्षाकोठामा बेहोस भएका विद्यार्थीहरूलाई उपचारका लागि पोखरियास्थित पोखरिया अस्पतालमा लगिएकोमा १ जना बाहेक अरू सबैको अवस्था खतरामुक्त छ । विद्यार्थीहरू बेहोस हुनुको कारण खुल्न सकेको छैन । विद्यार्थीहरु बेहोस भएपछि विद्यालय बन्द गरिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise