काठमाडौं : विवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा )(एमाले) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनबीच तालमेल भएको छ ।
५ चैतमा हुने स्ववियु निर्वाचनका लागि एमालेनिट अनेरास्ववियु र एकीकृत समाजवादी निकट नेरास्ववियूबीच ४ क्याम्पसमा तालमेल भएको हो ।
काठमाडौँ उपत्यकाभित्र त्रिविअन्तर्गतका ४ आंगिक क्याम्पसमा उनीहरूबीच चुनावी तालमेल भएको छ भने उपत्यकाबाहिर १ आंगिक क्याम्पसमा तालमेल भएको छ ।
उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, रत्नराज्य क्याम्पस र त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू (एकीकृत समाजवादी निकट)बीच तालमेल भएको छ भने उपत्यकाबाहिर मोरङको डिग्री क्याम्पसका उनीहरूले तालमेल गरेका छन् ।
तर डिग्री क्याम्पसमा भने विवाद छ ।
त्यहाँ एकीकृत समाजवादीनिकट अनेरास्ववियूले अध्यक्ष लिएको छ भने बाँकी पदमा अनेरास्ववियुले उम्मेदवारी दर्ता गरेको छ तर एउटा पक्ष असन्तुष्ट छ ।