२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

धनुषाको महिला समूहले पायो जोगिरा पुरस्कार

shivam cement
कमल साह
२०८१ फागुन २९ गते २१:०३
Shares
धनुषाको महिला समूहले पायो जोगिरा पुरस्कार

जनकपुरधाम : होलीको अवसरमा आयोजना गरिएको जोगिरा गायन प्रतियोगितामा धनुषा बलहाको महिला समूह प्रथम भएको छ । मैथिली भाषा, साहित्य, कला, गीत संगीत र नाट्य क्षेत्रमा काम गर्दै आएको मिथिला नाट्यकला परिषद् जनकपुरधाम(मिनाप)ले २९ वर्षदेखि महोत्सव र महामुर्ख सम्मेलन गर्दै आएको छ ।  

मिथिलाञ्चलमा लोप हुँदै गइरहेको जोगिरा गीत (फागु   गीत)लाई संरक्षण गर्ने उद्देश्यले मिथिला नाट्य कला परिषदले आयोजना गरेको दुई दिवसीय होली महोत्सवको  पहिलो दिन बिहीबार आयोजित जोगिरा गायन प्रतियोगितामा सहभागी होरैयामा धनुषाका बल्हागोठ महिला समूह पहिलो भएको हो । गत वर्षको जोगिरा महोत्सवमा यो महिला समूह दोस्रो भएको थियो । 

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले पहिलो हुने जोगीरा समुहलाई ट्रफी, मेडल (तक्मा), डम्फा तथा प्रमाण पत्र प्रदान गरेका थिए । 

प्रतियोगितामा प्रथम हुने समुहलाई ६ तोला चाँदीको मेडल, दोस्रो हुने समुहलाई ४ तोला चाँदीको मेडल र तेस्रो हुने समुहलाई ३ तोला चाँदीको मेडल प्रदान गरिएको छ । 

राममन्दिरको प्रांगनमा आयोजना गरिएको  प्रतियोगितामा धनुषा,महोत्तरी र सर्लाही जिल्ला गरी आठसमुह सहभागी भएका थिए । त्यसमा महोत्तरीका पोखरभिण्डा जोगिरा समूह दोस्रो र सर्लाहीका मिर्जापुर समूह तेस्रो भएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिक,प्राज्ञ रमेश रंजन झालगायत रहेका थिए ।

सम्बन्धित खबर