गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले ईजाजत भएका र नभएका गरी १ सय २४ थान बन्दुक संकलन गरेको छ। यसअघि नै नेपाल सरकारले इजाजत भएका तथा नभएका हातहतियार प्रशासनमा बुझाउन सूचित गरेकाले सोही अनुसार १ सय २४ थान बन्दुक जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको डिएसपी पदम बहादुर बिष्टले मध्यान्हलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलामा १ सय १९ नाल बन्दुक र होपरीगाढ प्रहरी चौकीमा मात्रै ५ थान बन्दुक बुझाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नौगाड गाउँपालिकाको वडा नम्बर ६ बाट ६ थान भरुवा बन्दुक प्रहरी चौकी होपरीगाडमा बुझाइएका थिए । मंगलबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले एक पत्रकार सम्मेलन गरी हतियारहरु सार्बजनिक गरेको हो ।
गत भदौ १२ गते नौगाड गाउँपालिका–४ मल्लोमट्टेका बिक्रम धामीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको थियो । हतियार प्रहरीमा नबुझाएका मानिसहरुलाई कार्वाही गर्ने चेतावनी पछि स्थानीयले थप पाँच वटा बन्दुक प्रहरी चौकीमा बुझाएका हुन् ।
भदौ १२ गते पक्राउ परेका धामीमाथि अनुसन्धान समाप्त भई मिसिल सरकारी वकिल कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।अझैपनि घरमा कसैले हातहतियार राखेको भए नजिकको प्रहरी कार्यालयमा बुझाइदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैमा आग्रह गरेको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies