२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

Nada
२०८१ चैत १ गते १४:०८
Shares
एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन घोषणा गरेको हो ।

ncell

पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनको पहिलो चरणमा चैत २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–संगठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सूकलन, चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने तय भएको छ ।

चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने तय भएको उनले बताए ।

महासचिव भुसालले २५ वैशाखमा दोस्रो चरणको आन्दोलन घोषणा गरिने पनि जानकारी दिए ।


ताजा खबर

सम्बन्धित खबर