काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् ।
सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा उनी सहभागी हुने भएका हुन् ।
सहकारी ठगी प्रकरणमा उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा मुद्दा चलिरहेको छ ।
गत कात्तिक २ गते प्रकाउ परेका उनलाई सहकारीको मुद्दामा अदालतले धरौटीमा छाडेको थियो ।
पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएको थियो ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार पहिलो बैठकको अध्यक्षता कार्यवाहक सभापति डीपी अर्यालले गर्ने र दोस्रो बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्ने जानकारी दिए ।