२०८२ जेठ ४ गते आइतवार / May 18 , 2025 , Sunday
२०८२ जेठ ४ गते आइतवार
Ads

चितुवाको आक्रमणबाट बालकको मृत्यु

मध्यान्ह
२०८१ चैत १८ गते ०९:२८
चितुवाको आक्रमणबाट बालकको मृत्यु

बाजुरा : बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा  ल्याइएको प्रहरीले जनाएको छ । 

ADV

सम्बन्धित खबर