२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले अन्तरक्रिया र परामर्श गर्ने

Nada
२०८१ चैत १८ गते १३:४०
Shares
गणतन्त्र रक्षार्थ समाजवादी मोर्चाले अन्तरक्रिया र परामर्श गर्ने

काठमाडौं : समाजवादी मोर्चा नेपालले गणतन्त्रको रक्षा र पूर्वराजा समर्थकको अराजक गतिविधि नियन्त्रणका लागि दबाब दिने उद्देश्यले सम्पूर्ण गणतन्त्र पक्षधर राजनीतिक दलसँग अन्तरक्रिया र परामर्श गर्ने निर्णय गरेको छ । 

ncell

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा आज बसेको मोर्चाको बैठकले जनाधिकार रक्षाका लागि जनतालाई जागरुक गराउँदै देशव्यापीरुपमा परिचालित गर्ने निर्णय गरेको मोर्चामा आबद्ध नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्कर्माले जानकारी दिए । 

बैठकले यही चैत १५ गते पूर्वराजा समर्थित समूहले गरेको तोडफोड र आगजनीको डिजाइन गर्ने, आयोजक र संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले तोडफोड र आगजनीबाट भएको सम्पूर्ण क्षतिपूर्ति आयोजकलाई नै भराउनका लागि सरकारसँग माग गरेको छ । 

मोर्चाले सोही दिन आयोजना गरेको बृहत् जनसभामा आम नागरिकको सहभागिताबाट सम्पूर्ण गणतन्त्रवादी शक्तिलाई उत्साह भरेको तथा उक्त दिन आफूहरुको कार्यक्रम नभएको भए पूर्वराजा समर्थकको प्रदर्शन झन् उग्र बन्ने स्थिति देखापरेको र त्यसलाई कमजोर बनाउन विरोध सभाले महत्वपूर्ण सहयोग गरेको निष्कर्ष निकालेको विश्वकर्माले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर