२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

पत्रकार हत्या विरोधमा महासंघले देशभर बुझायो ज्ञापनपत्र

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १५:३८
पत्रकार हत्या विरोधमा महासंघले देशभर बुझायो ज्ञापनपत्र


काठमाडौं : नेपाल पत्रकार महासंघले एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या र मिडियामाथिको सुनियोजित आक्रमणको विरोधमा सोमबार एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । 

महासंघले हत्यामा संलग्न दोषीलाई कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न र घाइते पत्रकारको उपचारको व्यवस्था गर्न माग गर्दै देशैभर ज्ञापन पत्र बुझाएको हो । 

महासंघको केन्द्रीय समितिले काठमाडौँमा गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । यस्तै, प्रदेश समितिहरूले प्रदेश गृहमन्त्रीलाई र जिल्ला शाखाहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुक्रबार राजतन्त्र पक्षधरको प्रदर्शनका क्रममा भएको आक्रमणको निन्दा गर्दै महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, उपाध्यक्ष उमिद बाग्चन्द र महासचिव रामप्रसाद दाहालले गृहमन्त्रालय पुगेर मन्त्री लेखकलाई ज्ञापनपत्र हस्तान्तरण गरेका छन् । 
महासचिव दाहालले प्रदर्शनकारीले षड्यन्त्रपूर्वक आगलागीमा पारी रजकको हत्या गरेको दाबी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरे । 
महासंघले शनिबारदेखि आन्दोलन सुरु गरेको छ । सोमबार देशभरका पत्रकारले कालोपट्टि बाँधेर काम गरे भने शनिबार सडक प्रदर्शन गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise