२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवि लामिछानेले भेटे सभामुख, सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह 

Nada
२०८१ चैत १९ गते ११:२७
Shares
रवि लामिछानेले भेटे सभामुख, सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह 

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । रास्वपाका सांसदहरूसहित सिंहदरबारमा पुगेका उनले सभामुखलाई भेटेका हुन् । भेटका क्रममा उनले आफ्नो सांसद पद निलम्बन फुकुआ गरिदिन आग्रह गरेका छन् । 

ncell

लामिछानेविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो । तर लामिछानेले संबिधान विपरित सांसदबाट आफूलाई निलम्बन गरिएको बताउँदै आएका छन् । 

गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए । गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर