काठमाडौं : सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन हो ।
उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी पछिल्लो समयमा बोल्न नसक्ने अवस्थामा थिए । कोभिडकै कारण उनको घाँटीमा क्यान्सर भएको थियो ।
उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामै थिए । नबोलेरै उनले चुनाव जिते । संसदमा पनि उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत राख्ने गरेका थिए ।