२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक अन्त्य

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते १३:४४
सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक अन्त्य

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । 

सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाए । बैठकमा उनले संसदको चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी दिएका थिए ।

सोमबारको मन्त्रिपरिषद् बैठकले संघीय संसदको चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौं अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरे । 

ADV

सम्बन्धित खबर

Advertise