२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी

draupadi film
मध्यान्ह
२०८१ चैत १९ गते २१:५९
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।

सोमबार भएको मतदानमा नेकपा एमाले निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

भर्खरै सार्वजनिक नतिजा अनुसार खड्का ११८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी शाहीले ९०७ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अन्य प्रत्यासीहरु प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे । कुल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार ८ सय ६२ जनाले मतदान गरेका थिए । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise