गणेश सिंह धामी / मध्यान्ह
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाका तिमुरबाटा हुँदै ब्याँस गाउँपालिकाको माल जोड्ने सडक निर्माणको काम ढिलासुस्ती भएको भन्दै सुदुरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइएको छ । शुक्रबार प्रदेशसभा सदस्य गोल्बु सिंह बोहरामार्फत गाउँपालिकाका उपाध्यक्ष हेनयमा भट्ट जोशी वयन्तृत्वको एक टोलीले ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा ठेक्का सम्झौता भइसकेको उक्त सडक हालसम्म पनि निर्माण नहुनु व्याँसका जनताप्रतिको अन्याय भएको ठहर गरिएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘व्याँस क्षेत्रका जनतालाई यातायातसँग जोड्न तत्कालिन जिल्ला विकास समितिबाट जिल्ला सडक सञ्जालमा पास भई प्रदेश सरकारले प्राथमिकता राखी ब्याँस गाउँपालिकाले डीपीआर समेत तयार गरिसकेपश्चात पनि तिमुरपाटा तोसाराडी बानानी, बसेडी धौलाकोट डाँकट मडगाउँ हुँदै वडा नं २ को माल जोड्ने सडक जग्गा विवादको नामा अलपत्र परेको जानकारी गराउँदै हाल आएर ठेक्का भइसक्दा समेत निर्माण नहुनु भनेको व्याँसको जनताप्रतिको अन्याय भएको ठहर गरेका छन् ।’
यस्तै ज्ञापन पत्रमा उक्त सडकलाई राष्ट्रिय सडकस्तरको मान्यता दिई प्रदेश गौरवको सडकभित्र राख्नुपर्ने र निर्माण कार्यका लागि यथेष्ट बजेटको व्यवस्था गरी यथाशिघ्र निर्माणकार्य शुरु गर्न जोडदार माग गरिएको छ । ‘कालापानी लिपुलेक र लिम्पियाधुरा जोड्ने सबभन्दा छोटो दुरीको मार्ग राष्ट्रियता र सीमा सुरक्षाका दृष्टिकोणले समेत महत्व राख्ने तिमुरपाटा तोसाराडी, बानानी हुँदै बसेडी धौलाकोट, कोकट मडगाउँदेखि वडा नं २ को माल जोड्ने सडक निर्माण कार्यमा प्रदेश सरकारले देखाएको ढिलासुस्तीप्रति खेद प्रकट गर्दै दुँह गाउँपालिका र जिल्ला समन्वय समितिमार्फत त्यस क्षेत्रका जग्गाधनीहरुसँग आवश्यक समन्वय गरी वा त्यो सम्भव नभए श्रीवगडदेखि महाकाली निनार हुँदै कालागाड भएर भएपनि उक्त सडकलाई राष्ट्रिय सडक स्तरको मान्यता दिई प्रदेश गौरवको सडकभित्र राख्नुपर्ने र निर्माण कार्यका लागि यथेष्ट बजेटको व्यवस्था गरी यथाशिघ्र निर्माणकार्य शुरु गर्न जोडदार माग गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ ।
उक्त सडक निर्माणका लागि यथेष्ट बजेट बिनियोजन गरी यसै आर्थिक वर्षभित्र तत्काल निर्माण कार्य शुरु नगरिए ब्याँसका जनताले व्यापक सहभागितामा कडा संघर्ष उत्रिन बाध्य हुने समेत ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गाइएको छ । ज्ञापनपत्रमा ब्याँस गाउँपालिकाकी उपाध्यक्ष जोशीसहित सो गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५ र ६ का वडाध्यक्षहरु क्रमश: अशोक सिंह बोहरा, धिरज सिंह बुढाथोकी, उपेन्द्र सिंह धामी, संग्राम सिंह बिष्ट,मंगल सिंह धामी र मनोज सिंह कुँवरलगायतको हस्ताक्षर रहेको छ ।
यसैबीच ब्याँस गाउँपालिकाका उपाध्यक्ष हेमा भट्ट जोशीको अध्यक्षतमा शुक्रबारनै बसेको बैठकले दुहुँदेखि माल जोड्ने सडक क्षेत्रका जग्गा धनिहरुको विवादका कारण निर्माण कार्य शुरु नभई अलपत्र परेको भन्र्दै एक पटक पुनः जग्गा धनिहरुको सहमतिका लागि दुहुँ गाउँपालिका र जिल्ला समन्वय समितिको समन्वयमा सहमति खोज्ने निर्णय गरेको छ । यस्तै तिमुरबाटा तुराडि बाननी सडक निर्माणमा देखिएको जग्गा विवाद समाधान गर्न आवश्यक पहल र समन्वयका लागि दुहुँ गाउँपालिका जनप्रतिनिधि र जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
यस्तै तिमुरबाटा तुसराडि बाननि सडकमा देखिएको जग्गा विवाद समाधानका लागि छलफल र प्रयास गर्दा पनि विवाद कायमै रहे उक्त सडकको मार्ग परिवर्तन गरि श्रिबगड रामबगड हुँदै कालागाड भएर निर्माण गर्न सम्बन्धित निकायलाई मार्ग परिवर्तन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies