काठमाडौं : माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ । गत पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो ।
पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो ।
दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुँदै आएका थिए ।