२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउँछन् : राप्रपा सांसद सिंह

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते १४:२४
सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउँछन् : राप्रपा सांसद सिंह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् ।

आज बल्खुमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरुलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे । उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे । 

सिंहले गत चैत १५ गते सरकारले नै पत्रकार सुरेश रजकको हत्या गरेको उनले दाबी गरे । उनले आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग राखे ।

ADV

सम्बन्धित खबर

Advertise