काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आईजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेकनो भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भएको गम्भीर आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख रहेको टिप्पणी गरे । उनले प्रहरीले नै म्याद नाघेको अश्रुग्याँस प्रहार गरेको आरोप समेत लगाए । 'अनि दुर्गा प्रसाईंले ल्याएर हान्यो म्याद गुज्रेको अश्रुग्याँस ?' उनको प्रश्न थियो ।
उनले देश गणतन्त्रवादीहरुको मात्र नभई राजा आउनुपर्छ भन्नेहरुको समेत भएको कारण अफवाह फैलाउने काम नगर्न सञ्चारगृहहरुलाई आग्रह गरे ।