२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सत्तालाई राप्रपाको खबरदारी

shivam cement
२०८१ चैत २७ गते ०६:२५
Shares
सत्तालाई राप्रपाको खबरदारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा खबरदारीसभा गरेको छ । मंगलबार काठमाडौंको बल्खुमा भएको खबरदारी सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङसहितका केन्द्रीय नेताहरूले सम्बोधन गरे ।

सम्बोधनका क्रममा अध्यक्ष लिङ्देनले आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘राजा चाहिन्छ भनेकै आधारमा थुन्ने हो भने लाखौं मानिसहरू थुनिन तयार छौं ।’

गणतन्त्रवादी नेताहरूलाई देशका कारागारहरू सुविधाजनक बनाएर राख्न उनले सुझाव दिएका छन् । 

त्यस्तै, वरिष्ठ उपाध्यक्ष तामाङले आफ्नो पार्टीलाई पेलानमा पार्न खोजिएमा विद्रोह गर्ने चेतावनी दिए । राष्ट्रिय सहमतिबाट एजेन्डा स्थापित होस् भन्ने पार्टीले चाहेको बताएका उनले भने, ‘सदन र सडक दुवैबाट पार भएन भने राप्रपाले सोच्नुपर्ने दिन आइसक्यो । हामीले यो संविधानसँग सहकार्य गर्ने बाटो अख्तियार गरेकामा अब यो बाटो छाडेर पूरा संघर्ष र विद्रोहको बाटो लिनुपर्ने अवस्था आउने छ । यही मञ्चबाट भन्न चाहन्छु, राप्रपालाई यस्तै पेल्ने हो भने विधिवत् प्रेस सम्मेलनमार्फत चुनावी प्रक्रिया त्यागेको घोषणा गरेर विद्रोहको राजनीति सुरु गर्छौं ।’ 

कार्यक्रममा राप्रपाका अधिकांश नेताहरूले गत १५ चैतमा  तीनकुनेमा भएको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेताहरू रिहाइ गर्न माग गर्दै राजासहितको हिन्दुु राष्ट्र निर्माणका लागि देशव्यापी अभियान चलाउने बताए ।

ताजा खबर

सम्बन्धित खबर