२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण

draupadi film
मध्यान्ह
२०८१ चैत २८ गते १६:१३
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण

दमौली : गण्डकी र लुम्बिनी प्रदेश जोड्ने तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि पुल निर्माण भएको छ । उक्त पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् ।

पुल निर्माण भएर उद्घाटन नभए पनि यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए । 

पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ । 

सिग्देलले भने, ‘तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ ।’

पुल निर्माणको काम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा २७ करोड रुपैयाँ लगानी भएको छ । 

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो । पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ । 

घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो ।

यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । उनले भने, ‘यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो ।’

४५ लाख ६८ हजार १९२ रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । 

उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले ५ लाख ९५ हजार ९८५ रुपैयाँ लागत साझेदारी गरेको जानकारी दिए । त्यस्तै स्थानीयवासीले ८९ हजार २४२ रुपैयाँ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत ३८ लाख ६७ हजार ७७३ रुपैयाँ विनियोजन भएको थियो । 

पुल निर्माणका लागि उपभोक्ता समितिसँग १६ वैशाख २०८१ मा सम्झौता भएको थियो । १५ कात्तिक २०८१ मा पुल निर्माण सुरु गरिएको र १५ सा। २०८२सम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन् । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise