२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

कान्तिमा पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु

shivam cement
२०८१ चैत २८ गते १७:५८
Shares
कान्तिमा पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु

काठमाडौं : कान्ति बाल अस्पतालमा बालबालिकाका निम्ति पेडियाट्रिक हेमोडायलायसिस सेवा सुरु भएको छ ।

बिहीबारदेखि अस्पतालले यो सेवा सुरु गरेको हो । २ वटा मेसिनसहित आकस्मिक उपचार गर्नेगरी सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. पंकज रायले जानकारी दिए । हाललाई आवश्यकताका आधारमा दैनिक डायलायसिस सेवा दिइने छ ।

यसअघि आकस्मिक हेमोडायलायसिस आवश्यक पर्ने बालबालिकालाई अन्यत्र पठाउनुपरेका घटना पटकपटक भएपछि स्वास्थ्य सेवा विभागले अस्पताललाई २ वटा मेसिन उपलब्ध गराएको हो । यो सेवा १५ वर्षसम्मका बालबालिकाले पाउनेछन् ।

ताजा खबर

सम्बन्धित खबर