२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

भन्सार छलीको कार बरामद

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत २९ गते २०:५२
भन्सार छलीको कार बरामद

रौतहट : रौतहटको राजपुर नगरपालिका ३ स्थित डमार चौकमा ईलाका प्रहरी कार्यालय राजपुरले चेकजाँचको क्रममा एक थान अल्टो कार भंन्सार छली गरी नेपाल प्रवेश गरेको अवस्थामा बरामद गरिएको छ । 

ईलाका प्रहरी कार्यालय राजपुरका बरिष्ठ नायव निरीक्षक अशोक कुमार कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कार बरामद गरेको हो । सवारी साधनहरूको नियमित जाँच गर्दा उक्त सवारीसँग सम्बन्धित कुनै पनि वैध कागजातहरू नभेटिको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय राजपुरका अनुसार उक्त सवारी साधनको इन्जिन नं. एफ ८ डि एन १२३८३१३ र च्यासिस नं. एम ए ३ इ वाई डी  रहेको सिल्वर८१५०११९५०५६ रंगको अल्टो कारको सवारी नं. डि एल ९ सी क्यु एस ८२४७ रहेको छ । पक्राउ परेको कारलाई भन्सार विभागसँग समन्वय गरी गौर भन्सार कार्यालयमा थप कारबाहीका लागि पठाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise