२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आफ्नै भनाइलाई देउवाले गरे खण्डन, उत्तरप्रदेशका मुख्यमन्त्रीको विषयमा गलत बोलेको जिकिर

Nada
२०८१ चैत ३० गते १७:४४
Shares
आफ्नै भनाइलाई देउवाले गरे खण्डन, उत्तरप्रदेशका मुख्यमन्त्रीको विषयमा गलत बोलेको जिकिर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गरेका छन् ।

ncell

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले आफू यसअघि गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्रीले दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन् । 

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआउनुभएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गरे ।

देउवाले अस्ति गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेको बताउँदै उहाँ दिल्लीको राजदूतावासमा नआउनुभएको र दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा कुराकानी भएको उल्लेख गरे ।

गत २५ चैतमा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए ।

शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारबारे उठाएको प्रश्नमा आफू सचेत रहेको देउवाले बताए ।

सम्बन्धित खबर