काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका र चीनबीच जारी व्यापार युद्धले विश्व डरलाग्दो अवस्थामा अघि बढेको विश्लेषण गरेका छन् ।
अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको भन्सार युद्ध निकै खतरनाक मोडमा पुगेको बताउँदै कोइरालाले यसबाट नेपाल पनि अछुतो रहन नसक्ने बताए ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभा कार्यक्रमा शनिबार बोल्दै कोइरालाले भन्सार युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उल्लेख गरे ।
विश्व जारी भन्सार युद्धबाट नेपाल पनि अछुतो रहन नसक्ने उल्लेख गर्दै कोइरालाले अमेरिका र चीनबीच जारी व्यापार युद्ध तेस्रो विश्व युद्धको संकेत रहेको बताए ।
उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको सुझाव दिए ।
यस्तै कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरे । आफूले यो कुरा पटकपटक दोहो¥याएको बताउँदै पार्टी नेतृत्वलाई फेरि स्मरण गराएको बताए ।
कोइरालाले अहिले एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्नेमा जोड दिए ।
संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै कोइरालाले ढिला नगर्न सुझाव पनि दिए । उनले संविधान पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताए ।