काठमाडौं : काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले आगालागीलाई नियन्त्रणमा लिएको छ ।
बालाजुस्थित एक प्लास्टिक उद्योगमा लागेको आगो सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली तथा आठभन्दा बढी दमकलको प्रयासपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सुरुवाती चरणमा जुद्ध बारुण यन्त्रका तीनवटा दमकल प्रयोग गरिएको र पछि थप दमकलहरू परिचालन गरेर आगो नियन्त्रणमा लिइएको हो ।
आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी छ ।